कुमारी बैंक लिमिटेड र र्याडिसन होटलबीच छुट सम्बन्धी सम्झौता

कुमारी बैंक लिमिटेड र र्याडिसन होटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं : कुमारी बैंक लिमिटेड र र्याडिसन होटल लाजिम्पाटबीच कुमारी बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरूलाई होटलबाट प्रदान गरिने विभिन्न सेवा तथा सुबिधाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार कुमारी बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले र्याडिसन होटलबाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५ प्रतिशत, पेस्ट्रीसपमा १० प्रतिशत, फिटनेस सम्बन्धी सेवामा २० प्रतिशत, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५ प्रतिशत र केकहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। 

यसबाट बैंकका सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवा सुविधाहरू सहुलियत दरमा प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ।

यस बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत  सेवाहरु प्रदान गर्दै आइरहेको छ।  

भदौ ११, २०८१ बुधबार २१:३८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।