विपद्मा परी अहिलेसम्म ५२ जना बेपत्ता, ६ हजार घरपरिवार विस्थापित

विपद्मा परी अहिलेसम्म ५२ जना बेपत्ता, ६ हजार घरपरिवार विस्थापित

काठमाडौं : अविरल वर्षाको कारण गत जेठ २८ देखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आजसम्म दुई सय १० जनाको मृत्यु भएको छ। 

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा २९ जना, मधेश प्रदेशमा आठ जना, बागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३८ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा दुई सय १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। 

बाढी-पहिराेका कारण काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ४२ जना, मधेशमा १२ जना, बागमतीमा ३१ जना, गण्डकीमा ४७ जना, लुम्बिनीमा २५ जना, कर्णालीमा ६८ जना र सुदूरपश्चिममा ३६ जना गरी जम्मा दुई सय ७२ जना घाइते भएका छन्।

बाढी-पहिरोमा परेका काठमाडौं उपत्यकामा ३३ जना, कोशीमा ४९ जना, बागमतीमा १२ जना, गण्डकीमा १४ जना, लुम्बिनीमा चार जना, कर्णालीमा दुई जना र सुदूरपश्चिममा एक सय एक जना गरी जम्मा दुई सय १५ जनाको उद्धार गरिएको छ। 
 
बाढी पहिरोमा परी कोशी प्रदेशमा तीन जना, मधेशमा एक जना, बागमतीमा ४३ जना, गण्डकीमा दुई जना, लुम्बिनीमा एक जना, कर्णालीमा एक जना र सुदूरपश्चिममा एक जना गरी ५२ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ। 

बाढीको कारण आज सम्म जम्मा चार सय आठ घर डुबानमा परेका छन्। तीन सय ६५ वटा घर, एक सय २६ वटा गोठ, ५३ वटा पुल, सात वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जाएको छ। बाढीपहिरोबाट नौ सय ७२ वटा पशुचौपायाको मृत्यु भएको छ। 

यस अवधिमा विपद्का घटनाबाट छ हजार ४९ घर परिवार विस्थापित भएका छन्।   

भदौ ११, २०८१ बुधबार २१:२३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।