नाडामा स्काइवेल ब्राण्डको आकर्षण, ल्यायो दुई नयाँ मोडल

नाडामा स्काइवेल ब्राण्डको आकर्षण, ल्यायो दुई नयाँ मोडल

काठमाडौँ : सबैभन्दा लामो रेन्ज दिने प्रिमियम ईभी स्काइवेल नेपाल ल्याएको जी मोटर्सले नाडा अटो शोमा थप दुई नयाँ गाडी सार्वजनिक गर्यो। उसले अटो शोमा स्काइवेलको ई–११ ईभीको दुइटा भेरिएन्ट सार्वजनिक गरेको हो।

यो गाडी ४ सय १० र ५ सय २० किलोमिटर रेन्जका हुन्। कम रेन्जमा ५८ किलोवाट आवर र माथिल्लो रेन्जमा ७१ किलोवाट आवरको ब्याट्री रहेको कम्पनीले जानकारी दिएको छ।

स्काइवेल ५१.९२ किलोवाट आवर ब्याट्री अप्सन भएको ईभीको मूल्य ७९ लाख ९० हजार रहेको छ भने ७१.९८ किलोवाट आवर ब्याट्रीको मूल्य ८९ लाख ९० हजार रहेको छ। नाडा अटो सोमा गाडी बुकिङ गरेमा १ लाखदेखि २ लाखसम्म छुट योजना रहेको कम्पनीले जानकारी दिएको छ। स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको ब्रान्ड हो।

नाडा अटो शोमा आउने अवलोकनकर्ताहरूले पनि स्काइवेलका गाडीहरू मन पराएका छन्। स्काइवेलको स्टलमा गाडीको फिचर्स बुझ्ने, टेस्ट ड्राइभ गर्न चाहनेहरूको विशेष उपस्थिति देखिएको थियो।

भदौ ११, २०८१ बुधबार १९:५४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।