योगेश भट्टराईले माओवादीको सशस्त्र द्वन्द्वलाई 'हिंसात्मक द्वन्द्व' भनिरहे, माओवादीले प्रतिवाद गरिरह्यो

योगेश भट्टराईले माओवादीको सशस्त्र द्वन्द्वलाई 'हिंसात्मक द्वन्द्व' भनिरहे, माओवादीले प्रतिवाद गरिरह्यो

काठमाडौं : माओवादीको सशस्त्र युद्धलाई एमाले सचिव योगेश भट्टराईले १० वर्षे हिंसात्मक द्वन्द्व भनेपछि संसद् अवरुद्ध भएको छ। 

भट्टराईले माओवादीको १० वर्षे हिंसात्मक द्वन्द्व नभएको भए लोडसेडिङ अन्त्यका लागि ०७५ साल कुर्नु नपर्ने भनेका थिए। तर, माओवादी सांसदहरूले त्यसलाई नियमापत्ति गरे। 

उनीहरुले हिंसा शब्द रेकर्डबाट हटाउन माग गरे।

भट्टराईले सशस्त्र द्वन्द्वलाई ‘हिंसात्मक द्वन्द्व’ भनेको भन्दै उनको भनाई रेकर्डबाट हटाउन र उक्त शब्द फिर्ता लिन माग गरे। 

माओवादी सांसद माधव सापकोटाले त्यस्तो माग गर्दा योगेश भट्टराईले दोहोर्याएर भने, 'भने त्यो हिंसा नै हो र त्यो हाम्रो परिभाषा हो, उहाँहरूले नमाने पनि हुन्छ केही फरक पर्दैन।'

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले संविधान र नियमावली विपरीत हिंसा शब्द प्रयोग गरिएको भन्दै रेकर्डबाट हटाउन जोड दिए। तर, सभामुख घिमिरेले संसद सचिवालयलाई उक्त शब्दप्रति छानबिन गर्न निर्देशन मात्र दिए।  

भदौ ११, २०८१ बुधबार १५:००:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।