‘एक्लो’को शुभ मुर्हूत : बेलायतबाट जेमी आए, पोखराबाट आउन प्रदीपले भ्याएनन्

‘एक्लो’को शुभ मुर्हूत : बेलायतबाट जेमी आए, पोखराबाट आउन प्रदीपले भ्याएनन्

काठमाडौं : प्रदीप शाहीको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्लो’को बुधबार भन्द्रकालीमा शुभ मुर्हूत गरियो।

फिल्मको शुभ मुर्हूत कार्यक्रममा फिल्ममा मुख्य अभिनेता प्रदीप खड्का नै उपस्थित भएनन् भने विहान आठ बजे भनिएकोमा नायिका बेनिसा हमल पनि ढिला गरी मात्र झुल्किइन्।

बेनिसा आएपछि मात्र निर्माण टिम शुभ मुर्हूतको मेसोतर्फ लाग्यो। निर्माण पक्षले प्रदीप अर्को फिल्मका लागि पोखरामा रहेकाले कार्यक्रममा आउन नसकेको बताए।

तर, यहि फिल्मका कलाकार बेलायती अभिनेता जेमी बेकन भने उपस्थित भए। उनी हिजो मात्रै काठमाडौं आएका थिए।

यतिबेला प्रदीप ‘एक्टर’ फिल्मको काममा व्यस्त छन् भने बिहीबार ‘पिताम्बर’ फिल्मका लागि सुटमा जानेछन्।

आजैबाट छायांकनमा निस्किएको ‘एक्लो’ फिल्ममा प्रदीप, बेनिसा र जेमीको अलावा दिया पुन, कविता नेपाली, सुनिल थापा, विजय लामा लगायतको मुख्य भूमिका रहनेछ।

फिल्मको शुभ मुर्हूतमा प्रदीप बाहेकका सबै कलाकार उपस्थित भए। नेपाली फिल्ममा अभिनय गर्न पाउँदा बेलायती अभिनेता जेमी खुशी देखिन्थेँ।

फिल्मको छायांकन एक महिनामा सक्ने निर्माण पक्षको तयारी छ।

भदौ ११, २०८१ बुधबार १३:००:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।