ममताबारे बल्ल बोल्यो अमेरिकामा रहेको नेपाली दुतवास, अनुगमनको दाबी

ममताबारे बल्ल बोल्यो अमेरिकामा रहेको नेपाली दुतवास, अनुगमनको दाबी

काठमाडौं : अमेरिकामा हराइरहेकी ममता काफ्ले भट्ट र हत्या आशंकामा श्रीमान पक्राउ परेको छ दिनपछि बल्ल अमेरिकास्थित नेपाली दुतावासले सक्रियता देखाएको छ।

ममता हराएको लगभग एक महिना हुन लागिसक्यो। गत शुक्रवार हत्या गरेर शव लुकाएको शंकामा ममताका श्रीमान् नरेश समातिएका छन्।

भट्टको घटनाबारे मंगलवार नेपालको संसदमा समेत कुरा उठेपछि बल्ल बुधवार अमेरिकामा रहेको नेपाली दुतावासले ट्विट गर्दै ‘ममता काफ्ले हराएको मामिलालाई नजिकबाट अनुगमन गरिरहेको’ उल्लेख गरेको छ।

उसले म्यानासास पार्क प्रहरीलाई यस मामिलामा हालसम्म गरेको प्रगतिका लागि धन्यवाद दिँदै यो मामिला पहिले नै अदालती कारबाहीमा पुगिसकेको उल्लेख गरेका छन्।

विवाह गरेर चार वर्ष अगाडि अमेरिका गएकी काभ्रेकी ममता शंकास्पद रूपमा हराएकी थिइन्। ममता हराएको घटनामा उनकै श्रीमान् शंकास्पद सूचीमा रहेको भन्दै शुक्रबार समातिएका थिए।

सोमबार भएको बहसमा सरकारी पक्षले अदालतमा हत्याका प्रमाणहरु फेला परेको दाबी पेश गरेपछि उनी धरौटीमा छुट्न सकेनन्।

ममताको शव फेला परेको छैन। तर, फरेन्सिक परीक्षणमा बेडरुम र बाथटबमा रगत देखिएको र त्यो मान्छेकै भएको सरकारी पक्षले दाबी पेश गरेको थियो।

नयाँ प्रमाणको रूपमा उनले आफ्नो कम्प्युटरमा श्रीमति मरेको कति समयपछि विवाह गर्न पाइन्छ भनेर सर्च गरेको फेला परेको थियो। यसलाई समेत सरकारी पक्षले अदालतमा प्रमाणको रूपमा पेश गरेको थियो।

भदौ ११, २०८१ बुधबार १२:४७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।