नेपाल क्रिकेटका दुई खेलाडी बिग बास लिगको ड्राफ्टमा

नेपाल क्रिकेटका दुई खेलाडी बिग बास लिगको ड्राफ्टमा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई खेलाडी अष्ट्रेलियाको बिग बासका लिगको ड्राफ्टमा अटाएका छन्।

बिग बास क्रिकेट लिगले सार्वजनिक गरेको ४६१ विदेशी खेलाडीको ड्राफ्टमा नेपालका तर्फबाट सन्दीप लामिछाने र ललित राजवंशीको नाम समावेश भएको हो।

लिगको ड्राफ्टमा समावेश उनीहरूले आफूहरु प्रतियोगिता अवधिभर रहने बताएका छन्। ड्राफ्टमा ३० भन्दा बढी देशका खेलाडीले सहभागिताका लागि आवेदन दिएका छन्।

लिगका आठ क्लबले २६ खेलाडी भने रिटेन गरिसकेका छन्। सेप्टेम्बर १ तारिखमा ड्राफ्टबाट फाइनल सूची तय गरिने बताइएको छ।

भदौ ११, २०८१ बुधबार १२:०६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।