अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर बाइक ‘बजाज पल्सर एनएस ४०० जेड’ सार्वजनिक

अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर बाइक ‘बजाज पल्सर एनएस ४०० जेड’ सार्वजनिक

काठमाडौं : बजाज मोटरसाइकलको अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक गरेको छ।

नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि, र डिजाइनको संयोजन मार्फत बजाज प्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनीले विश्वास व्यक्त गरेको छ।

लामो समयदेखि प्रतिक्षित बजाज पल्सर एनएस ४०० जेड मा ३७३ सीसीको सिंगल-सिलिन्डर, लिक्विड-कूल्ड इन्जिन समावेश रहेको छ जसले ३९.४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिन्छ।

६ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ। साथै पल्सर एनएस ४०० जेडमा राइड-बाई-वाईर प्रविधि पनि समावेश छ जसले राम्रो थ्रोटल रेस्पोन्स दिनुका साथै पेट्रोलको खपत पनि कम गर्ने कम्पनीको दाबी छ।

सार्वजनिक कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपालमा सबैभन्दा ठूलो पल्सर बाइक सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए।

मोटरसाइकलमा रोड, रेन, स्पोर्ट, र अफ-रोड गरी चारवटा राइडिङ मोडहरू समावेश रहेका छन्। साथै स्विच गर्न सकिने ट्रयाक्सन कन्ट्रोल र डुअल-च्यानल एबिएस पनि यसमा उपलब्ध छ।

बाइकमा ब्लुटुथ कनेक्सन सहितको नयाँ फुल-कलर एलसिडी स्क्रिन पनि समावेश रहेको छ, जसले टर्न-बाई-टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल र अन्य आवश्यक राइड डेटा पनि प्रदान गर्दछ।

मस्कुलर र एरोडाइनामिक प्रोफाइलको साथ डिजाइन गरिएको पल्सर एनएस ४०० जेडमा उत्कृष्ट डिजाइनको फुएल ट्यांक, आरामदायी स्प्लिट-सीट र स्टाइलिश १७-इन्च एलोय ह्वील दिइएको छ।

१२ लिटर क्षमताको पेट्रोल ट्यांक र ८०७ मिलिमिटरको सीटको उचाइ रहेकोले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त छ।

भदौ १६ सम्म भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोमा बुकिङ गर्ने ग्राहकले पाँच लाख ५९ हजार नौ सय रुपैयाँमा बाइक पाउन सक्नेछन्।

भदौ ११, २०८१ बुधबार ११:४५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।