ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्र्याम्बलर ४०० एक्स मोडेल सार्वजनिक
काठमाडौं : गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनीले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्र्याम्बलर ४०० एक्स मोडेलहरू सार्वजनिक गरेको छ।
बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी मोटरसाइकलले नेपाली बजारमा पर्फर्मेन्स, सुरक्षा, र डिजाइनको पूर्ण सन्तुलन प्रदान गरेको कम्पनीले जनाएको छ।
शहरी क्षेत्रको लागि डिजाइन गरिएको ट्रायम्फ स्पीड ४०० मा ४०० सीसीको टिआर-सिरीज इन्जिन, ६-स्पीड गियरबक्स, स्लिप-असिस्ट क्लच र हलुका फ्रेमसहितको एल्युमिनियम स्विङ आर्म समावेश रहेको छ।
यसमा ४३ मिलिमिटरको अपसाइड-डाउन फोक्र्स, प्री-लोड एड्जस्टेबल रियर मोनोशक, र १७-इन्चको एल्युमिनियम ह्वील प्रदान गरिएको छ। साथै ग्राहकले राइड-बाइ-वायर थ्रोटल, स्विचेबल ट्र्याक्सन कन्ट्रोल, एबीएस, एलईडी लाइटिङ र थप सुरक्षाको लागि इम्मोबिलाइजरको सुविधा पनि प्राप्त गर्नेछन्।
ट्रायम्फ स्क्¥याम्ब्लर ४०० एक्सको आकर्षक लुक्स, १९-इन्चको फ्रन्ट ह्वील, र १७-इन्चको रियर ह्वील, हाइ ग्राउन्ड क्लियरेन्स र मजबुत क्षमताले राइडरको साहसिक यात्रालाई नयाँ उचाइमा पुर्याउने कम्पनीको दाबी छ।
स्क्¥याम्ब्लर ४०० एक्समा ४३ मिलिमिटरको पिस्टन फोक्र्स, एड्जस्टेबल रियर मोनोशक र अफ-रोड कन्ट्रोलका लागि डेडिकेटेड स्क्¥याम्ब्लर एर्गोनोमिक्स सहितको प्रिमियम सस्पेन्सन समावेश रहेको छ।
साथै स्विचेबल बुस्च एबीएस, एलईडी लाइटिङ, ह्याण्डगार्ड र एक्सट्रिम अफरोडका लागि थप सुरक्षा प्रदान गरिएको छ।
भदौ १६ गतेसम्म नाडा अटो शोमा यी मोटरसाइकलहरू बुकिङ गर्ने ग्राहकहरूलाई ट्रायम्फ स्पीड ४०० विशेष मूल्य छ लाख ३९ हजार नौ सय रुपैयाँ र ट्रायम्फ स्क्¥याम्ब्लर ४०० एक्स विशेष मूल्य छ लाख ८९ हजार नौ सय रुपैयाँमा बिक्री गरिने कम्पनीले जनाएको छ।
भदौ ११, २०८१ बुधबार ११:१०:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।