नाडा अटो शोमा ‘केइ’को तीन मोडल सार्वजनिक

नाडा अटो शोमा ‘केइ’को तीन मोडल सार्वजनिक

काठमाडौं : नेपालको लागि केइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शो २०२४ मा तीन वटा गाडी सार्वजनिक गरेको छ।

आफ्नो स्टल नम्बर एच १६ मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गाडीको तीन वटा मोडल ई-क्वीट ०२, ई-क्वीट ०४ र इलेक्ट्रिक एसयूभी एक्स३ प्रो ईभी सार्वजनिक गरेका हुन्।

सार्वजनिक भएसँगै कम्पनीेले बुकिङ समेत खुलाएको छ। दुई सय किलोमिटर रेन्ज दाबी गरेको ई-क्वीट ०२ को मूल्य १९ लाख ९६ हजार तोकेको तीन सय किलोमिटर रेन्ज दिने सोही मोडलको मूल्य २२ लाख ९६ हजार तोकेको छ।

२८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ।

त्यसैगरी ई-क्वीट ०४ मोडलको मूल्य २४ लाख ९६ हजार तोकिएको छ। यसले तीन सय किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।

यो मोडलमा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ। यसको अधिकतम टर्क ११० एनएम छ।

त्यसै गरी तेस्रो मोडल एक्स३ प्रो ईभीमा इलेक्ट्रीक एसयूभीको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ।

यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ। यसको अधिकतम टर्क २८० एनएम छ।

नाडा स्पेशल अफर अन्तर्गत केइ गाडीको खरिदमा कम्पनीले ७।३ किलोवाटको वाल माउन्टेड चार्जर, साथै एक वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा समेत प्रदान गर्न लागेको छ।

भदौ ११, २०८१ बुधबार ११:०३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।