टाटाको पन्च इभी सार्वजनिक, कति पर्छ मूल्य?
काठमाडौं : टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रालिले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ।
राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘१६औं टाटा इभी नाडा अटो सो २०२४’मा पन्च इभीको विक्री वितरण आरम्भ गरिएको हो। टाटा पन्च इभी शुरुवाती मूल्य ३३ लाख ९९ हजार राखिएको छ।
अत्याधुनिक प्रविधियुक्त भनिएको गाडीमा १६ इन्च एलआरआर टायर, १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्सको साथमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन्।
यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ। गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेञ्ज प्रदान दिने कम्पनीको दाबी छ। कम्पनीले पन्च इभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ।
टाटा मोटर्स पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका चिफ स्ट्राटिजी अफिसर बालाजी राजनले टियागो र नेक्सनपछि पन्च इभी सार्वजनिक गर्न पाउँदा हर्षित भएको बताए। भारतमा मासिक १८ हजार युनिट बिक्री भइरहेको दाबी गर्दै उनले नेपाली ग्राहकको पनि मन जित्नेमा विश्वस्त रहेको उनको भनाइ छ।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट एसयुभी पन्च इभीले ग्राहकलाई वातावारणमैत्री, आरामदायी र सुरक्षित यात्राको अनुभुति दिलाउने बताए।
नेपालभरी टाटा इभी गाडीका लागि २६ डिसी फास्ट चार्जिङ्ग स्टेशन, १५० भन्दा बढी एसी फास्ट चार्जिङ्ग, १५० भन्दा बढी एसी स्लो चार्जिङ्ग नेटवर्क छ। यसैगरि १६ इभी डेडिकेटेड सेवा सञ्जाल र २२ बटा बिक्री केन्द्र छन्।
भदौ ११, २०८१ बुधबार १०:४८:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।