स्टार माइक्रो इन्स्योरेन्सको आईपीओ आउँदै, एनआइएमबि एस क्यापिटलसँग सम्झौता
काठमाडौं : स्टार माइक्रो इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रकमको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।
जसका लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता भएको छ।
सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर छ।
२०७९ पुस १४ गते दर्ता भएको कम्पनीले २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरेको हो। कम्पनीले अहिले देशका विभिन्न स्थानहरूमार्फत लघुु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गरिरहेको छ।
भदौ ११, २०८१ बुधबार १०:३५:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।