इसेवा प्रयोगकर्ताले व्यावसायिक खातालाई व्यक्तिगत खातासँग लिंक गर्न सक्ने
काठमाडौं : इसेवासँग आवद्ध भएका मर्चेन्टहरूले आफ्नो व्यावसायिक खातालाई व्यक्तिगत खातामा लिंक गर्न सक्ने भएका छन्।
यसअघि व्यवसायीहरूले व्यापार व्यवसायको लागि एउटा तथा व्यक्तिगत प्रयोजनको लागि अर्को गरेर छुट्टा-छुट्टै खाता प्रयोग गनुपर्ने अवस्था थियो।
इसेवाको मर्चेन्ट लिंक सेवा आएसँगै अब नेपालमै पहिलो पटक व्यावसायिक र व्यक्तिगत खाताको लागि प्रयोग गर्न सकिने भएको हो।
यसबाट प्रयोगकर्ता एवं मर्चेन्टहरूले सजिलै भुक्तानी तथा कारोबारको सरल रूपमा एपबाट निगरानी राख्न सक्नेछन्। भुक्तानीको सूचना इसेवा एपको नोटिफिकेसन मार्फत पाउन सक्नेछन् भने आफ्नो खातामा लिकं गरिएको मर्चेन्ट खाताको फोनपे क्युआर मार्फत व्यवसायमा हुने भुक्तानी पनि एपबाटै लिन सक्नेछन्।
त्यसका साथै मर्चेन्ट खातामा लिकं गरिएको सेटलमेन्ट बैकं खाताबाट सरल रुपमा पैसा निकाल्न पनि सकिनेछ। यी सम्पूर्ण विशेषताहरूको प्रयोग अब सरल रुपमा एउटै एपबाट प्रयोग गर्न सकिने छ।
यस सुविधाले व्यवसायीहरूलाई समयको बचतसँगै वित्तीय व्यवस्थापनमा थप सहजता प्रदान गर्ने इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले बताएका छन्।
भदौ ११, २०८१ बुधबार १०:२८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।