युएस क्यापिटोल मुद्दा : अमेरिकी संसदमा सबैभन्दा पहिला प्रवेश गर्नेलाई चार वर्षको जेल सजाय

युएस क्यापिटोल मुद्दा : अमेरिकी संसदमा सबैभन्दा पहिला प्रवेश गर्नेलाई चार वर्षको जेल सजाय

एजेन्सी : सन् २०२१ मा अमेरिकी संसद (यूएस कैपिटल)मा भएको हिंसाको मुद्दामा अदालतले एक व्यक्तिलाई चार वर्षको जेल सजाय सुनाएको छ।

४६ वर्षीय एक फ्याक्ट्रीका सुपरवाइजर माइकल स्पार्क्स सबैभन्दा पहिला अमेरिकी संसदमा पसेर अरुलाई बाटो देखाएको भन्दै अदालतले उनलाई ५३ महिनाको सजाय सुनाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

माइकल स्पार्क्समाथि प्रतिबन्धित भवनमा जबरजस्ती प्रवेश गर्ने, नागरिक अव्यवस्था फैलाउने र अभद्र व्यवहार देखाएको भन्दै मुद्दा दर्ता भएको थियो। सरकारी अभियोजकहरूले स्पार्क्सका लागि ५७ महिनाको जेल सजानयको माग गरेका थिए।

तर, स्पार्क्स पक्षका वकिलहरूले भने उनलाई १२ महिनाको मात्र जेल सजाय हुनुपर्ने तर्क गरेका थिए। जिल्ला न्यायाधीश टिमोथीले स्पार्क्सलाई ५३ महिनाको जेल र दुई हजार डलर जरिवाको फैसला गरेका छन्।

फुटेको झ्यालको सिसाबाट उनी अमेरिकी संसदमा प्रवेश गरेका थिए। प्रहरीले उनलाई रोक्ने कोसिस गर्दै आँखामा खुर्सानीको धुलोसमेत स्प्रे गरेको थियो। प्रहरीले दिएको चेतावनीलाई बेवास्ता गर्दै उनले संसद भवना पसेका थिए।

स्पार्क्सले जसरी संसदमा प्रवेश गरे, त्यसले अन्य प्रदर्शनकारीहरूको पनि हौसला बढाएको सरकारी वकिलहरूको दाबी छ।

अमेरिकामा २०२० मा भएको राष्ट्रपति निर्वाचनमा ट्रम्प पराजित भएपछि उनका समर्थकले त्यहाँको संसद भवनमा प्रवेश गर्दै तोडफोड मच्चाएका थिए। यो घटनामा सरकारले १५ सय जनालाई आरोपी बनाएको थियो।

जसमा क्यालिफोर्नियाका सान्टा एनाका ३७ वर्षीय आरोपी डेविट डेम्पसीलाई सबैभन्दा बढी हिंस्रक सदस्यमध्ये एक भन्दै अदालतको २० वर्षको जेल सजाय सुनाएको थियो। यस घटनामा यो दोस्रो सबैभन्दा लामो सजाय हो।

यसै घटनामा प्राउड बोइजका पूर्वनेता एनरिक ट्यारियोलाई अदालतले सबैभन्दा बढी २२ वर्ष सजाय सुनाएको छ। यो आक्रमणमा कम्तीमा पाँच जना मारिएका थिए भने १४० प्रहरी अधिकारी घाइते भएका थिए।

भदौ ११, २०८१ बुधबार ०९:२१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।