प्रकाशलाई नागरिकता दिलाउन प्रधानमन्त्री ओलीले गृहसचिवलाई राति १० बजे बालुवाटार बोलाए

प्रकाशलाई नागरिकता दिलाउन प्रधानमन्त्री ओलीले गृहसचिवलाई राति १० बजे बालुवाटार बोलाए

काठमाडौं : ‘हेर्ने कथा’बाट चर्चामा रहेका प्रकाश तामाङलाई चाँडो नागरिकता दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरेका छन्।

तामाङलाई सबैभन्दा पहिले नागरिकताको आवश्यकता रहेको भन्दै प्रधानमन्त्री ओलीले मंगलबार राति नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीका अनुसार गृह सचिव अर्यालले दुई/चार दिनभित्रमै नागरिक दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएका छन्। यसबारे तामाङलाई पनि जानकारी दिइसकिएको छ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो। नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो।’

प्रधानमन्त्री ओलीले नागरिकता प्राप्त गरेपछि तामाङलाई आवश्यक सहयोग गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए।

उनले अगाडि लेखेका छन्, ‘नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ।’

भदौ ११, २०८१ बुधबार ०८:१२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।