एकीकृत समाजवादीको महिला उपाध्यक्षमा राई निर्वाचित, झाँक्री पराजित

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा राई निर्वाचित, झाँक्री पराजित

काठमाडौं : एकीकृत समाजवादीमा पदाधिकारीका लागि भएको निर्वाचनमा महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित भएकी छन्।

उनीसँग प्रतिस्पर्धा गरेकी रामकुमारी झाँक्री पराजित भएकी छन्। एकीकृत समाजवादीले वरिष्ठ सात उपाध्यक्षमध्ये एक उपाध्यक्ष राखेको थियो। जयन्ती पहिले पनि उपाध्यक्ष थिइन्।

नतिजा अनुसार महिला उपाध्यक्षमा १८९ मतसहित जयन्ती राई विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री ११२ मत ल्याएर पराजित भइन्।

मत परिणाम अनुसार मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह १६४ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र झाले १४४ मत पाए।

पदाधिकारीका लागि मंगलबार निर्वाचन भएको थियो। मतगणना गए राति सुरु भएको थियो।

भदौ ११, २०८१ बुधबार ०७:३८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।