चार प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

चार प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि साधरणतया बदली रहने छ।

कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भदौ ११, २०८१ बुधबार ०७:१०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।