विश्व दिनभर, सात तस्बिरका साथ : पाकिस्तानमा आतंकवादी हमलादेखि भारतमा भएको बलात्कारमा एक जना पक्राउसम्म

विश्व दिनभर, सात तस्बिरका साथ : पाकिस्तानमा आतंकवादी हमलादेखि भारतमा भएको बलात्कारमा एक जना पक्राउसम्म
बेलायतको लन्डनमा नटिङ हिल कार्निभलमा एक कलाकार सहभागी हुँदै। १९६० को दशकमा सुरु भएको यो कार्निभल अफ्रो-क्यारिबियन समुदायले मनाउने गरेका छन्।

काठमाडौँ : भारतमा बलात्कार र हत्या गरिएकी चिकित्सकको न्यायको माग गर्दै सुरु भएको प्रदर्शन रोकिएको छैन, जारी छ। मङ्गलवार कोलकातामा न्यायका लागि माग गरिरहेका हजारौँ प्रदर्शनकारीसँगको झडपमा प्रहरीले र अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेर दमन गरेको थियो।

कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव प्राप्त भएपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दामा मुलुकभर आक्रोश बढेको थियो।

मङ्गलवारको प्रदर्शनमा पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीको राजीनामा माग गर्दै हजारौँ मानिसले कोलकाताको एक सरकारी भवनसम्म जुलुस निकाले। अहिलेसम्म बलात्कार र हत्याको आरोपमा एक जना मात्र पक्राउ परेका छन्।

उता सुडानी अर्धसैनिकहरूले देशको डार्फर क्षेत्रमा विस्थापितहरूको शिविरमा गोलीबारी गर्दा कम्तीमा २० जनाको मृत्यु भयो।

अल–फाशरलाई अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले डार्फर सहरलाई आफ्नो नियन्त्रणबाट बाहिर निकाल्ने प्रयासमा मे महिनादेखि घेरेको छ ।

पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा पछिल्लो सात दिनमा भएको छुट्टाछुट्टै कारबाहीमा चार सैनिक र २५ आतङ्ककारी मारिएको सेनाले दाबी गरेको छ।

यी त भएन नियमित खबर । अब ६ तस्बिरसहितका खबर :

बंगलादेशमा कृष्ण अष्टमीका अवसरमा कृष्ण बनेका एक हिन्दु परिवारका सदस्य।

हेलमन्ड प्रान्तको सङ्गिन जिल्लाको एक विद्यालयमा अफगान बालिकाहरू पढ्दै। अफगानिस्तानको सत्तामा तालिवान आए लगत्तै महिला शिक्षामा कडाई गरिरहेको छ।

सरकारद्वारा प्रस्तावित न्यायिक सुधारको विरोधमा एक महिला ‘लेडी जस्टिस’ को रूपमा सजिएर मेक्सिको सिटीको एन्जेल डे ला इन्डिपेन्डेन्सिया चोकमा प्रदर्शनमा सहभागी हुँदै।

अमेरिकाकी स्लोन स्टिफन्सले न्यूयोर्क सिटीको बिली जीन किंग नेशनल टेनिस सेन्टरमा आयोजित युएएस ओपन टेनिस प्रतियोगिताको पहिलो दिन फ्रान्सकी क्लारा बुरेलविरुद्ध महिला एकल पहिलो चरणको टेनिस खेलमा बल फिर्ता गर्दै।

बलोचिस्तान प्रान्तको बोलान जिल्लाको कोलपुरमा अलगाववादी विद्रोहीहरूद्वारा गरिएको विस्फोटको अर्को दिन बिहान भत्किएको रेलवे पुल नजिकै वैकल्पिक मार्गमा यात्रुहरूले एउटा सवारी साधनलाई धक्का दिँदै।

भदौ ११, २०८१ बुधबार ००:३७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।