साफ यु-२० च्याम्पियनसिपको ट्रफि सार्वजनिक, उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

साफ यु-२० च्याम्पियनसिपको ट्रफि सार्वजनिक, उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

काठमाडौं : साफ यु-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको छ। मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ यु-२० च्याम्पियनसिपको ट्रफि सार्वजनिक गरिएको हो। 

साफ यु-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलको छिनोफानो टाइब्रेकरबाट भएको थियो। जसमा भुटानलाई ४-१ ले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो। 

नेपाल र भुटानबीचको निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको थियो।

साविक विजेता भारतलाई हराउँदै बंगलादेश साफ यु-२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको हो।

सोमबार भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा पराजित गर्यो। 

बंगलादेशले उपाधिका लागि बुधबार नेपालसँग खेल्नेछ।

यता, फाइनलअघि मंगलबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले फाइनल पुगेका दुवै टिम राम्रो भएकोले खेल प्रतिस्पर्धात्मक हुने बताए।

‘फाइनलका लागि हामी तयार छौं। बंगलादेश पनि राम्रो हो। फाइनल प्रतिस्पर्धात्मक हुनेछ। हामी फाइनलमा राम्रो प्रदर्शन गर्नेछौं,’ उनले भने।  

भदौ १०, २०८१ मंगलबार १८:०३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।