नाडा अटो शोमा विद्धुतिय सवारीको क्रेज, ग्राहकलाई सहज छनौटको सुविधा
काठमाडौँ : सोमबारबाट काठमाडौँमा अटो मोबाइल क्षेत्रको कुम्भ मेलाको रूपमा परिचित नाडा अटो सो २०२४ सुरु भयो। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको मेलामा विद्धुतिय सवारीसाधनको भिड लागेको छ।
अटो शोमा नियमितसँगै १२ नयाँ ब्रान्डका सवारीसाधन पहिलो पटक सार्वजनिक भएका छन्। यो सो ६ दिनसम्म चल्ने छ। यस अवधिमा २४ वटा चार–पाङ्ग्रे ब्रान्ड सहभागी छन्।
प्रदर्शनमा हालै नेपाल भित्रिएर कार पारखीहरूमाझ लोकप्रिय बन्दै गएको स्काइवेलसँगै अन्य ब्रान्डका विद्धुतिय कारहरू समेत प्रदर्शनमा राखिएको छ।
सार्वजनिक यातायातका रूपमा प्रयोग गरिने कमर्सियल भ्यान, माइक्रो बस, २५ लाखदेखिका विध्धुतिय कार, दुई पाङ्ग्रे सवारीसाधनहरू मेलामा राखिएका छन्। अटो शोमा १९ वटा दुई–पाङ्ग्रे ब्रान्ड समेत समावेश छन्।
भदौ १०, २०८१ मंगलबार १५:२७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।