जापान पस्यो चिनियाँ जासुस विमान, जापानद्वारा लडाकु विमान परिचालन

जापान पस्यो चिनियाँ जासुस विमान, जापानद्वारा लडाकु विमान परिचालन

एजेन्सी : जापानले चीनमाथि आफ्नो जासुसी विमानले जापानको हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको छ।

चिनियाँ विमान जापानी भूमिमा प्रवेश गरेको यो पहिलो पटक हो। घटना स्थानीय समय अनुसार बिहान ११:२९ बजे भएको हो।

चीनको वाई-९ निगरानी विमान जापानको डान्जो टापुको आकाशमा करिब दुई मिनेटसम्म रहेको थियो। लगत्तै जापानले आफ्ना लडाकु विमानहरू परिचालन गरेको थियो।

जापानका मुख्य क्याबिनेट सचिवले हवाई क्षेत्र उल्लङ्घन ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको भन्दै चिनियाँ राजदूतलाई बोलाएका थिए।

जापानी प्रसारक एनएचकेका अनुसार सोमबारको यो घुसपैठपछि जापानले चिनियाँ विमानलाई चेतावनी दिए पनि  फ्लेयर गन जस्तो कुनै हतियार प्रयोग भएन।

जापान सरकारले कूटनीतिक माध्यमबाट चीनसँगको यो घुसपैठको विरोध गर्ने बताएको छ। साथै उनले आगामी दिनमा यस्तो नगर्ने प्रतिबद्धता समेत चाहेको छ।

यस विषयमा चीनबाट आधिकारिक प्रतिक्रिया आइसकेको छैन।

भदौ १०, २०८१ मंगलबार १३:५८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।