नाडा अटो शो उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले भने 'मन्त्रीलाई भाषण गर्न नबोलाइदिनुस्'

नाडा अटो शो उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले भने 'मन्त्रीलाई भाषण गर्न नबोलाइदिनुस्'

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरूलाई काम गर्न दबाब दिन निजी क्षेत्रसँग आग्रह गरेका छन्।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो सो, २०२४को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले मन्त्रीहरूले सुन्नैपर्ने र आउनैपर्ने बाहेकका कार्यक्रममा नबोलाइदिन आग्रह गरेका हुन्।

उनले भने, ‘मन्त्रीलाई एउटा अप्ठेरो हुँदो रहेछ, काम गर्ने कि भाषण गर्ने? अहिले मन्त्रीहरूलाई भाषण नभई काम गरेर समयको उपयोग गर्नुपर्छ भन्ने लाग्छ। अर्थमन्त्रीले सुन्नैपर्ने, गर्नैपर्ने र आउनै पर्ने बाहेकका काम गर, भाषण कम गर भनि सहजिकरण गरिदिनहुन सादर अनुरोध गर्दछु।’

बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रममा बोलाउने भन्दा काम गर्न, नीति नियम बनाउने काममा लाग्न दबाब दिन उनले निजी क्षेत्रलाई सुझाए।

त्यस्तै, उनले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढेको दाबी गरे।

‘अहिले बनेको सरकार संसदले बनाउने सबैभन्दा स्थिर सरकार हो। यो सरकारको स्थिरताले नीतिगत स्थिरताको एउटा बलियो आधार दिएको छ,’ उनले थपे, ‘त्यसैले हामीले नीतिगत स्थिरताको जुन डिमाण्ड छ, सरकारले जायज भन्छ। यो सरकार सबै नेपालीको हो।’

भदौ १०, २०८१ मंगलबार १३:४५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।