हिरोको डिलरसिप खोसिएपछि चिनिया बाइक बेच्दै ज्योति ग्रुप, भित्र्यायो जेनेरेसनका बाइक र स्कुटी

हिरोको डिलरसिप खोसिएपछि चिनिया बाइक बेच्दै ज्योति ग्रुप, भित्र्यायो जेनेरेसनका बाइक र स्कुटी

काठमाडौँ : हिरो मोटरसाइकलको नेपालको आधिकारिक विक्रेताको मान्यता गुमाएपछि ज्योति ग्रुप चिनिया दुईपाङग्रेको व्यवसायमा लागेको छ। स्यामुकापु ट्रेडिङको नाममा समूहले चिनियाँ टु–ह्विलर ब्रान्ड जोनसेनका दुईपाङग्रे उत्पादन नेपाल ल्याएको हो। नाडा अटो शोको मौका पारेर कम्पनीले सो ब्रान्डका मोटरसाइकल र स्कुटरका ९ वटा मोडल सार्वजनिक गरे।

कम्पनीले २१६ .६ सिसी इन्जिन क्षमताको मोटरसाइकल समेत ल्याएको छ। त्यसको मूल्य छ ५ लाख ६० हजार। १४९.४ सिसीको ३ लाख ३० हजार, १९६.४ सिसीको ३ लाख ७५ हजार र ११९.६ सिसीको २ लाख ७५ हजार रुपैयाँसम्म मूल्य निर्धारण गरिएको छ।

१६६.४ सिसी क्षमतायुक्त मोटरसाइकलको ३ लाख ८४ हजार, १९८.८ सिसीको ४ लाख ५५ हजार, २३० सिसीको ४ लाख ७० हजार, २१७ सिसीको ४ लाख ९० हजार तथा २५० सिसीको ६ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको छ।

जोनसेनले विश्वका ८० भन्दा बढी देशमा वार्षिक ३ लाख बढी मोटरसाइकल निर्यात गर्दै आएको कम्पनी ह। इलेक्ट्रिक टु–ह्विलर समेत बिक्री गर्ने जोनसेनले ७० लाखभन्दा बढी कम्पोनेन्ट उत्पादन गर्दै आएको कम्पनीले जानकारी दिएको छ। कम्पनीले विराटनगर, वीरगन्ज, भरतपुर, काठमाडौँ, पोखरा, भैरहवा र बुटवलस्थित शोरुमबाट नयाँ मोडलको बाइक बिक्री गर्ने तयारी गरेको छ।

भदौ १०, २०८१ मंगलबार १३:१४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।