सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौं : साताको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको बढेको छ।
मंगलबार सुनको मूल्य स्थिर हुँदा चाँदी तोलाको १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ५२ हजार तीन सय रुपैयाँ हुँदा चाँदी भने तोलाको एक हजार ८५० रुपैयाँ प्रतितोला पुगेको छ।
सोमबार सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रुपैयाँ हुँदा चाँदी तोलाको एक हजार ८४० रुपैयाँ थियो।
भदौ ११, २०८१ मंगलबार १०:५०:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।