प्रकाश तामाङलाई भेट्ने प्रधानमन्त्री ओलीको चाहना

प्रकाश तामाङलाई भेट्ने प्रधानमन्त्री ओलीको चाहना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोजपुर घर भई हाल गोरखा बस्दै आएका प्रकाश तामाङ (काले मोक्तान)लाई भेट्न चाहेका छन्।

मंगलबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उनले प्रकाश तामाङ र हेर्ने कथाकी प्रस्तोता विद्या चापागाईंलाई भेट्न चाहेको बताएका हुन्।

ओलीले सञ्जालमा लेखेका छन्, ‘एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु। विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्नेछु।’

यद्यपि उनले प्रकाशको विषयमा के गर्नेबारे अहिले नै ठोस निर्णय भने लिएनन्। उनले मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएको भन्दै हेर्ने कथा टिमलाई समेत धन्यवाद दिएका छन्।

गत शनिबार हेर्ने कथा युट्युब च्यानलबाट सार्वजनिक भएको प्रकाश तामाङको कथाबारे अहिले सर्वत्र चासो छ। गोरखाको उत्तरी भेगमा चौरी गोठालो उनी तीन दशकभन्दा लामो समयदेखि हराएका थिए।

उनले आफ्नो भोजपुरमा रहेको परिवारको मिलनलाई दर्शकले रुचाएका छन्। यद्यपि उनी अहिले फेरि गोरखा नै पुगेका छन्। गतवर्ष दशैंमा घर फर्किए पनि छ महिनापछि उनी पुनः गोरखा नै फर्किएका थिए।

भदौ १०, २०८१ मंगलबार १०:३९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।