एकीकृत समाजवादीको पदाधिकारीमा सहमति जुटेन, निर्वाचन आज

एकीकृत समाजवादीको पदाधिकारीमा सहमति जुटेन, निर्वाचन आज

काठमाडौं : एकीकृत समाजवादीले पदाधिकारी चयनका लागि आज निर्वाचन गर्दैछ।

आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्न लागिएको हो।

विहान सात बजे मनोनयनपत्र वितरण भएकोमा साढे सात बजेदेखि साढे आठ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको छ।

यस्तै अन्य बाँकी प्रक्रिया पूरा गरेपछि मध्याह्न १२ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, दिउँसो २ देखि ५ बजेसम्म मतदान तथा बेलुका ६ बजेबाट मतगणना सुरु गरिने कार्यतालिका रहेको छ।

गत असारमा भएको एकीकृत समाजवादीको १०औं महाधिवेशनले २१ पदाधिकारीमध्ये पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई सर्वसम्मत चयन गरेको थियो।

भदौ १०, २०८१ मंगलबार ०७:४६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।