‘सिरी ए’ फुटबलमा युभेन्टसको लगातार दोस्रो जित
काठमाडौं : इटालियन ‘सिरी ए’ फुटबलमा युभेन्टसले लगातार दोस्रो जीत निकालेको छ।
सोमबार राति भएको खेलमा युभेन्टसले भेरोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो। युभेन्टसको जितमा डुआन भालोभिकले २ गोल गर्दा निकोलो साभोनाले एक गोल थपेका थिए।
भेरोनाको मैदानमा पाहुना टोली युभेन्टसले २८औं मिनेटमा अग्रता लिएको थियो। भालोभिकले केनन एल्डिजको पासमा गोल गरेका थिए।
३९औं मिनेटमा निकोलो साभोनाले स्यामुएल जर्मेन तासिफुन्डाको पासमा गोल गरेपछि पहिलो हाफमा युभेन्टस २-० ले अघि रहेको थियो।
५३औं मिनेटमा भालोभिकले पेनाल्टीमा गोल गरेपछि युभेन्टस ३-० को अग्रता बनाउन सफल भयो।
सोही अग्रता अन्तिमसम्म जोगाउँदै यो सिजनमा लगातार दोस्रो जीत निकाल्न सफल भयो। भेरोनाको भने यो पहिलो हार हो।
इटालियन ‘सिरी ए’कै अर्को खेलमा काग्लीअरी र कोमोले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
भदौ ११, २०८१ मंगलबार ०७:०७:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।