स्नुकर हाउसमा घाइते अवस्थामा भेटिएका सञ्चालक रूपकको मृत्यु

स्नुकर हाउसमा घाइते अवस्थामा भेटिएका सञ्चालक रूपकको मृत्यु

काठमाडौँ : आफ्नै स्नुकर हाउस तथा खाजा घरको सोफामा घाइते अवस्थामा भेटिएका सञ्चालक रूपक बान्तवाको मृत्यु भएको छ। काठमाडौँको शङ्खमूलमा रहेको स्नुकर हाउसमा उनी घाइते अवस्थामा भेटिएका थिए।

जिल्ला पहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार बान्तवा काठमाडौँ महानगरपालिका-१० शङ्खमूलस्थित बागमती कोरिडोर सुकुम्वासी बस्तीमा रहेको ‘द टाइम पास स्नुकर एन्ड खाजा घर’का सञ्चालक हुन्।

बान्तवा सोमबार बिहान करिब २ बजेको समयमा खाजा घरको सोफामा घाइते अवस्थामा भेटिएका थिए। जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले उनको उद्धार गरेर उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

उनी कसरी घाइते भए खुल्न सकेको छैन। सूक्ष्म अनुसन्धानमा जुटेको प्रहरीको दाबी छ।

भदौ ९, २०८१ सोमबार २१:२९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।