एनआईसी एसियाले पायो ‘बेस्ट इन डिजिटल बैङ्किङ अवार्ड’

एनआईसी एसियाले पायो ‘बेस्ट इन डिजिटल बैङ्किङ अवार्ड’

काठमाडौँ : एनआईसी एसिया बैंकले ‘बेस्ट इन डिजिटल बैङ्किङ अवार्ड’ पाएको छ। दोस्रो आइसिसी इमर्जिङ एसिया बैङ्किङ अवार्ड्स अन्तर्गत उसले यो अवार्ड पाएको हो।

इन्डियन चेम्बर अफ कमर्सको दोस्रो आइसिसी इमर्जिङ एसिया बैङ्किङ अवार्ड्स कार्यक्रममा २०२४ अगस्ट २३ मा भारतको नयाँ दिल्लीमा बैङ्कलाई सो अवार्ड दिइएको हो।

अवार्डमा विमस्टेक अन्तर्गतका नेपालसहित भारत, श्रीलङ्का, भुटान, म्यानमार लगायत देशका बैङ्कहरूले प्रतिस्पर्धा गरेका थिए। विभिन्न आठ विधामा भएको प्रतिस्पर्धामा एआइसी एसियाले डिजिटल बैङ्किङतर्फ उत्कृष्ट बैङ्कको पुरस्कार पायो।

भदौ ९, २०८१ सोमबार १८:५२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।