ओमानका विदेशमन्त्री अल्बुसैदी नेपालमा

ओमानका विदेशमन्त्री अल्बुसैदी नेपालमा

काठमाडौँ : ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन्।

सोमबार उनी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणका लागि आएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यतालिका छ।

साथै, भ्रमणको क्रममा दुई मन्त्रीबिच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा भेटवार्ता तथा छलफल हुनेछ। उनी मङ्गलवार स्वदेश फर्किने कार्यतालिका छ।

भदौ ९, २०८१ सोमबार १८:००:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।