पर्यटनमन्त्री पाण्डे नेपाल एयरलाइन्सको अवस्था कमजोर भएको स्विकार्छन् तर सुधार्न पहल गर्दैनन्

पर्यटनमन्त्री पाण्डे नेपाल एयरलाइन्सको अवस्था कमजोर भएको स्विकार्छन् तर सुधार्न पहल गर्दैनन्

काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल एयरलाइन्सको अवस्था सबै हिसाबले अत्यन्तै कमजोर भएको स्विकारे।

सोमबार पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ लोकार्पण कार्यक्रममा उनले नेपालको हवाई सेवा राम्रो छ भन्ने विश्वास दिलाउने हो भने मात्र पर्यटकहरू आउने भन्दै उड्डयनको क्षेत्रलाई बलियो बनाउन नसक्दा पर्यटक क्षेत्रबाट फाइदा लिन लागि चुनौती देखिएको बताए। ‘नेपाल एयरलाइन्स सबै हिसाबले खस्किएको छ। अत्यन्तै कमजोर भएको छ। नागरिक उड्डयन क्षेत्रलाई विश्वासिलो बनाउन सकेका छैनौँ। जसले कोही पनि विदेशी पर्यटक आउँदै गर्दा नेपालको उड्डयन क्षेत्रलाई हेरेर मूल्याकंन गर्ला। यस क्षेत्रमा विश्वास दिलाउने हो भने मात्र पर्यटकहरू आउँछन्।’

उनले नेपाल विविध संस्कृतिको देश भएको भन्दै यस्ता सम्पदाहरूको उजागर, संरक्षणसाथै मार्केटिङ पनि गर्नुपर्ने बताए।

नेपालसँग विविध संस्कृति रहेको र सम्पदाहरूको उजागर गर्ने, संरक्षण गर्ने र संवर्द्धन गर्न र विविधता पूर्ण संस्कृतिको संरक्षणसँगै यसको मार्केटिङ गर्नुपर्ने उनले बताए।

आगामी दिनमा कुनै स्वार्थविना पर्यटकीय क्षेत्रको उत्थानको लागि काम गर्ने भन्दै उनले नेपालमा रहेको सम्भावनालाई पहिचान गर्ने दिशामा लाग्नुपर्ने बताए। 

भदौ ९, २०८१ सोमबार १७:५०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।