बालेनलाई नबोलाएको भन्दै गौरापर्वको समारोहमा नेताविरुद्ध नाराबाजी, रिसाएका देउवाले भने ‘लाज लाग्दैन’

बालेनलाई नबोलाएको भन्दै गौरापर्वको समारोहमा नेताविरुद्ध नाराबाजी, रिसाएका देउवाले भने ‘लाज लाग्दैन’

काठमाडौँ : सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गौरापर्व विशेष कार्यक्रममा सहभागीले नेताहरू विरुद्ध नाराबाजी गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाए।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई नबोलाएको भन्दै केही सहभागीले नेताहरुविरुद्ध नाराबाजी गरेका थिए।

उनले गौरापर्व शुदुरपश्चिमको गौरव रहेको र नेपालबाहेक भारतमा समेत मनाउने गरेको भन्दै बोल्दै गर्दा बालेनको पक्षमा नारावाजी भएको थियो। 

देउवा बोल्दै गर्दा सहभागीहरूले नेताहरुविरुद्ध नाराबाजी भएपछि उनले लाज नभएकाहरु भन्दै गाली गरेका थिए। निरन्तर नाराबाजी भएपछि रिसाएका देउवाले भने, ‘जति गर्ने हो गर्नुस्। जति कराउने हो, कराउनुस्।’

उनले कार्यक्रम विथोल्न आएको भन्दै रिसाएका थिए। गौरापर्व मनाउन आएकाहरु छन् भन्दै सम्झाउने प्रयास गरे। उनले देउडा खेल्न आएकाहरुलाई खेल्न नदिन आएकाहरुलाई जनातले ठिक पार्ने विश्वास भएको बताएका थिए।कार्यक्रममा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित थिए। नेताहरू बोल्दा सहभागीहरूले नाराबाजी गरेका थिए। अनि देउवाले ‘लाज छैन’ भन्दै जङ्गिए।

'सहभागीहरुले केपीको पाराले, दुख पाए साराले' भन्दै नारावाजी गरेका थिए।

‘यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’, देउवाले भने, ‘कार्यक्रम बिथोल्ने, लाज नभएकाहरु, लाज छैन।’

नाराबाजीकाबीच देउवाले आफ्नो सम्बोधन जारी राखेका थिए। देउवा अघि प्रधानमन्त्री ओली बोल्दा पनि नाराबाजी भएको थियो। नारावाजीकैबीच देउवाले आफ्नो सम्बोधन अगाडि बढाए। बीचबीचमा उनले जति कराउने हो कराउनु भन्दै आफ्नो सम्बोधन अगाडि बढाउँदै'​​​​​कराउनेहरु कराउँदै गर्छन्। देउडा खेल्न आउनुभएकाहरु देउडा खेल्नुस्' भन्दै आफ्नो सम्बोधन टुंग्याएका थिए।

भदौ ९, २०८१ सोमबार १७:३४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।