‘मेरो कृष्ण,आइस्यो’

‘मेरो कृष्ण,आइस्यो’

काठमाडौँ : ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वमा आज देशभरका कृष्णको मन्दिरमा भक्तजनहरूको भिड लागेको छ। आज व्रत बसेर कृष्णको पूजा–आराधना गरिन्छ। भक्तपुरको कृष्ण मन्दिरमा आज विशेष पूजा हुन्छ। भक्तजनहरूको भिड लाग्छ।

ज्ञान योग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले श्रीकृष्णजन्माष्टमीलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

आज देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएको धार्मिक विश्वास देखिन्छ। श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका छन्।

भदौ १०, २०८१ सोमबार १६:२५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।