जसपा नेपालको सह- अध्यक्षमा रकम चेम्जोङ, महासचिवमा लालबाबु

जसपा नेपालको सह- अध्यक्षमा रकम चेम्जोङ, महासचिवमा लालबाबु

काठमाडौँ : रकम चेम्जोङ जनता समाजवादी पार्टी  नेपालले सह अध्यक्ष बनेका छन्। हालै सम्पन्न पार्टीको एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधानबमोजिम कार्य विभाजन गर्दै चेम्जोङलाई सह अध्यक्ष बनाएको हो।

राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्य उपाध्यक्ष बनेका छन्। महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा नियुक्त भए।

प्रकाश अधिकारी उपमहासचिव, मनिषकुमार सुमन पार्टीको प्रवक्ता, दीपक कार्की र रेखा यादव उपमहासचिव नियुक्त भएका छन्।    सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा, कमरूद्धिन राई तथा कोषाध्यक्षमा सरिताकुमारी साह नियुक्त भएको पार्टीले जानकारी दिएको छ।

पार्टीको एकता महाधिवेशनमा पदाधिकारीहरुको निर्वाचनको तयारी गरेको थियो। तर पछि सहमतीका आधारमा मनोनित गर्ने सहमती भएको थियो।

भदौ ९, २०८१ सोमबार १४:३२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।