प्रहरीले जनताको मुद्दा बोक्नुपर्छ : गृहमन्त्री

प्रहरीले जनताको मुद्दा बोक्नुपर्छ : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको उदघाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताएका हुन्।

‘प्रहरी साथीहरूलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु। जनताको मुद्दा बोक्नुपर्यो। जनताको मुद्दा बोक्दा आफ्नो मुद्दा पनि आइहाल्छ’, उनले भने।

सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए।

नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउने बताए।

’यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठूलो सहयोग गर्नेछ। जनताले उचित सेवा पाउन सकुन्। सरकारले सेवा प्रदान गर्ने क्रममा महत्त्वपूर्ण सेवा प्रदान प्रहरीले गर्ने हो’, गृहमन्त्री लेखकले भने।

भदौ ९, २०८१ सोमबार ११:३५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।