बंगलादेशमा फेरि झडप, ४० जना घाइते

बंगलादेशमा फेरि झडप, ४० जना घाइते

एजेन्सी : बंगलादेशमा अन्सार समूह र विद्यार्थीबीच झडप हुँदा ४० जना घाइते भएका छन्।

अन्सार समूहका सदस्यहरूले आफ्नो जागिर स्थानीय गर्न माग गर्दै विगत दुई दिनदेखि विरोध प्रदर्शन गरिरहेको थियो।

आइतबार अन्सार समूहका धेरै सदस्यले कार्यालय पुगेर गेट बन्द गर्दै कुनै पनि सरकारी कर्मचारीलाई बाहिर निस्कन दिएको थिएनन्।

विद्यार्थी संगठनका केही सदस्यहरू पनि भित्र थुनिएपछि फेसबुकमार्फत सयौं विद्यार्थीलाई कार्यालयमा आउन आग्रह गरिएको थियो।

ठूलो संख्यामा विद्यार्थी आएका विद्यार्थी र कार्यालयमा पहिलेदेखि नै उपस्थित अन्सार समूहका सदस्यहरूसँग झडप भएको थियो।

अन्सार समूहले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको एजेन्टको रूपमा काम गरिरहेको विद्यार्थीको आरोप छ।

ढाका ट्रिब्यूनका अनुसार हजारौं विद्यार्थी कार्यालयतर्फ अघि बढेपछि समूहका सदस्यहरूले ढुङ्गा प्रहार गर्दा झडपको स्थिति उत्पन्न भएको थियो।

आरक्षणविरोधी आन्दोलनमा क्रममा र तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि बंगलादेशमा भएको हिंसामा करिब चार सय भन्दा बढीले ज्यान गुमाइसकेका थिए।

नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा नयाँ सरकार बनेपछि पनि त्यहाँको स्थिति सामान्य हुने केही दिन लागेको थियो।

भदौ ९, २०८१ सोमबार ०९:४३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।