पाकिस्तानको बाटो भएर स्वदेश फर्किए मोदी

पाकिस्तानको बाटो भएर स्वदेश फर्किए मोदी

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तानको बाटो भएर स्वदेश फर्किएका छन्।

पोल्याण्डबाट फर्किने क्रममा मोदी पाकिस्तानी हवाई क्षेत्र भएर स्वदेश फर्किएको पाकिस्तानको उड्ययन प्राधिकरणलाई उद्धृत गर्दै समाचार संस्था डनन्यूजले जनाएको छ।

मोदी सवार विमान लाहोर, इस्लामाबाद, अमृतसर हुँदै दिल्ली पुगेको थियो। विमान ४६ मिनेटसम्म पाकिस्तानी हवाई क्षेत्रमा रहेको समाचारमा उल्लेख छ। भारतले यस विषयमा हालसम्म केही बोलेको छैन।

भारतले २६ फेब्रुअरी २०१९ मा पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेपछि पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको थियो।

पाकिस्तानले मार्चमा आंशिक रूपमा हवाई क्षेत्र खोले पनि भारतीय उडानहरूका लागि यसलाई प्रतिबन्ध कायमै राखेको थियो।

डनन्यूजका ​​अनुसार पाकिस्तानले २०१९ मा मोदीको विमानलाई आफ्नो हवाई क्षेत्र प्रवेशको अनुमति नदिए पनि २०२१ मा अमेरिका जाँदा भने उडानको अनुमति दिएको थियो।

भदौ १०, २०८१ सोमबार ०९:०९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।