गुन्यु चोली जोगाउन ५५ वर्षीया सुशीलाको बुलेट बाइकमा मेचीकाली यात्रा

गुन्यु चोली जोगाउन ५५ वर्षीया सुशीलाको बुलेट बाइकमा मेचीकाली यात्रा

कञ्चनपुर : गुन्यु चोली जगेर्ना गर्ने ५५ वर्षीया सुशीला उप्रेती तिवारीले बुलेट बाइकबाट मेची–महाकाली यात्रा पुरा गरिन्।

उनी महिलाको मौलिक पहिरन गुन्यु चोलीको संरक्षण र जगेर्ना गर्न भन्दै भदौ ५ बाट मेचीको बुद्धशान्ति गाउँपालिकाबाट मोटरसाइकल यात्रा सुरु गरेकी थिइन्।

तिवारीले पाँचौँ दिन आइतबार पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी पुगेर यात्रा समापन गरिन्। परापूर्वकालदेखि महिलाले पहिरिँदै आएको गुन्यु चोली लगाउने चलन बिस्तारै हराउँदै जान थालेकाले जगेर्ना गर्नुपर्ने सन्देश बोकेर मेची महाकाली यात्रामा निस्किएको उनले बताइन्।

‘संस्कृति र पहिचान पोसाकबाट पनि झल्किन्छ, त्यो नै हरायो भने पहिचान गुम्छ। त्यसैले गुन्यु चोली लगाएर यात्रा गरेको हुँ’, उनले भनिन्।

भदौ ८, २०८१ आइतबार २३:५१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।