विश्व दिनभर, रोचक ६ तस्बिरसहित : राष्ट्रपतिको प्रचारका लागि कमलाले पाइन् ५४ करोड डलर सहयोगदेखि लेबनान इजरायल द्धन्द्धसम्म

विश्व दिनभर, रोचक ६ तस्बिरसहित : राष्ट्रपतिको प्रचारका लागि कमलाले पाइन् ५४ करोड डलर सहयोगदेखि लेबनान इजरायल द्धन्द्धसम्म
सुरु भयो सङ्कट : उत्तरी इजरायलमा वायु सेनाले रोकेको हिजबुल्लाह यूएभी। इजरायली र लेबनानबिच हवाई हमला बढेको छ।

काठमाडौँ : अमेरिकासहितका देशका प्रतिनिधिले इजरायल र लेबनानबिच युद्ध सुरु हुनबाट रोक्न जति प्रयास गरे पनि सम्भव भएन। आइतबार दुवैतर्फबाट हवाई आक्रमण भयो। आइतबार इजरायलले लेबनानमाथि हवाई आक्रमण सुरु गर्यो। उता लेबनानले पनि छोटो दुरीको क्षेप्यास्त्रहरू प्रहार गरिरह्यो।

प्यालेन्टाइनको गाजाको द्वन्द्वमा फसेको इजरायल अझै उम्किन सकेको छैन। उसले यता गाजाको सङ्कट कायमै राखेर लेबनानमा रहेका हिजबुल्लाह समूहविरुद्ध नयाँ द्वन्द्व सुरु गरेर जोखिम लिए। लेबनानलाई इरानको समेत समर्थन रहेको छ।

आइतबार आक्रमण सुरु भएपछि इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले लेबनानमा आइतबारको आक्रमण लेबनानी सशस्त्र समूह हिजबुल्लाहविरुद्ध आफ्नो मुलुकको सैन्य अभियानमा ‘अन्तिम नभएको’ चेतावनी दिए।

उनले हिजबुल्लाहमाथि प्रहार गर्ने बताउँदै उत्तरको अवस्था परिवर्तन गर्न र आफ्नो देशवासीको सुरक्षाका लागि यो कदम चालिएको बताए।

उनले इजरायलमा प्रहार गरिएका हजारौँ छोटो दूरीका रकेटहरू नष्ट गरिएको दाबी गरे।

उता अमेरिकामा भइरहेको राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धामा प्रतिस्पर्धी कमला ह्यारिसको अभियानले एक महिनामा आधा अर्ब डलरभन्दा बढी चन्दा सङ्कलन गरेको छ।

यो अमेरिकी इतिहासमा कुनै पनि अभियानका लागि कीर्तिमान हो । राष्ट्रपति जो बाइडेनले जुलाई २१ मा ह्वाइट हाउसको दौडबाट बाहिरिएर ह्यारिसलाई समर्थन गरेका थिए।

ह्यारिसले आफ्नो अभियान सुरु गरेपछि ५४ करोड डलरको आश्चर्यजनक राशि सङ्कलन भयो। ट्रम्पले अगस्टको प्रारम्भमा ३२ करोड ७० लाख डलर सङ्कलन भएको जानकारी दिएका थिए।

राजनीतिक सङ्कटबाट पार पाउने प्रयासमा रहेको बङ्गलादेशमा प्राकृतिक विपद्ले सताएको छ। आइतबार बङ्गलादेशमा भिषण बाढी आएको थियो।

विश्वका अन्य गतिविधी तस्बिरमा :

जय गणेश देवा : गणेश चतुर्थीको अवसरमा भारतको मुम्बईमा गणेशको प्रतिमा ढुवानी गरिँदै। भारतमा गणेश चतुर्थी निकै धूमधामले मनाउने गरिन्छ। सो दिन घरमा गणेश भगवानको प्रतिमा राखेर पूजा गरिन्छ। सार्वजनिक स्थानमा गणेशको भव्य प्रतिमा राखिन्छ।

बाढीको बबन्डर : बङ्गलादेशमा वर्षाका कारण  नदीमा पानीको सतह उच्च भएपछि बस्ती डुबानकोक्रमा बढेको छ। तीन लाख नागरिक बाढीबाट प्रभावित भएका छन्। बाढी प्रभावितहरू फेनीको दागनभुइयाँमा रहेको एउटा विद्यालय भवनभित्र शरण लिएर बसेका छन्।

अफगानको हाल : अफगान पुरुष र बुर्का लगाएकी महिला कान्दाहारको बाहिरी भागमा सडकमा मोटरसाइकल चलाउँदै।

भाइ प्रेम : बार्सिलोनाका स्पेनिस फरवार्ड लामाइन यामल बार्सिलोनाको एस्टाडी ओलम्पिक लुइस कम्पनीमा एफसी बार्सिलोना र एथलेटिक्स क्लब बिल्बाओबीचको स्पेनिस लिग फुटबल खेलपछि आफ्नो भाइ केइनसँग खेल्दै।

पिंकको प्रदर्शन : सिकागोको सोल्जर फिल्डमा आयोजित साङ्गीतिक कार्यक्रम सहभागी हुँदै पिंक।

भदौ ८, २०८१ आइतबार २३:१४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।