उच्चमा न्यायाधीश नियुक्त गर्न बसेको न्याय परिषद्को बैठक निष्कर्षहीन

उच्चमा न्यायाधीश नियुक्त गर्न बसेको न्याय परिषद्को बैठक निष्कर्षहीन

काठमाडौँ : सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीश सिफारिस गर्न बसेको न्याय परिषद्को बैठकमा सहमति हुन सकेन।

सर्वोच्चमा चार र उच्च अदालतमा १६ न्यायाधीशको पद रिक्त छ। रिक्त पदमा नियुक्तिका लागि आइतबार प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा बैठक बसेको थियो।  तर परिषद्को बैठकमा सहमति हुन नसक्दा बैठक सिफारिसको निष्कर्षमा पुग्न सकेन।

जिल्लादेखि उच्च अदालतसम्म रिक्त रहेका पदका सङ्ख्याहरू हेरेर नेपाली कांग्रेसले कानुन मन्त्रालय लिएको थियो। न्याय परिषद्मा विपक्षी दलका नेतासँगै उपसभामुख समेत सदस्य छन्।

भदौ ८, २०८१ आइतबार २२:३१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।