राजमार्ग नै बन्द गरेर दुर्घटनामा परेको भारतीय बस निकालिने, सोमबार चार घण्टा ऑबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध हुने

राजमार्ग नै बन्द गरेर दुर्घटनामा परेको भारतीय बस निकालिने, सोमबार चार घण्टा ऑबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध हुने

तनहुँ : ऑबुखैरेनी-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रवार दुर्घटनामा परेको भारतीय बस निकाल्न चार घण्टा राजमार्ग नै अवरुद्ध हुने भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी–मुग्लिन सडकखण्ड सोमबार बिहान ६ :३० देखि चार घण्टा अवरुद्ध हुन लागेको हो ।    
    
राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले बताए।

शनिवार क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिए पनि दश मिटर मात्रै तानियो। सडक बन्द नगरी काम गर्न सहज नभएपछि सोमबार सडक नै बन्द गर्न लागिएको हो।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ घाइते भएका थिए। घाइतेको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

भदौ ८, २०८१ आइतबार २२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।