माधव नेपालले भने 'स्थानीय तहको उपचुनाव पार्टीको परीक्षा’

माधव नेपालले भने 'स्थानीय तहको उपचुनाव पार्टीको परीक्षा’

काठमाडौँ : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी मङ्सिरमा हुने स्थानीय तहको उपनिर्वाचन आफ्नो पार्टीको परीक्षा हुने बताए। आइतबार एकीकृत समाजवादीको दसौँ महाधिवेशनपछि आयोजित पहिलो बैठकलाई सम्बोधन गर्दै नेपालले उपनिर्वाचनमा परीक्षण हुने भएकाले सबै शक्ति केन्द्रित गर्न निर्देशन दिए।

‘सम्भवतः आगामी मङ्सिरमा स्थानीय तहका विभिन्न रिक्त पदमा उपचुनाव हुन गइरहेको छ। त्यो उपचुनावमा हाम्रो परीक्षा हुनेछ। त्यो परीक्षाका आधारमा त्यहाँको हाम्रो पार्टी नेतृत्वको मूल्याङ्कन हुनेछ। जिम्मेवारी पाएपछि मात्र खट्छु भन्ने होइन कि यो मेरो जिम्मेवारी हो भनेर अहिलेदेखि नै खटिनुपर्छ’ उनले भने।

उनले अरू पार्टीले  लगाई रहेको आरोपको प्रतिकार गर्न निर्देशन दिए। प्रतिकार गर्नु भनेको आफूमा भएको आत्मविश्वासमा कमी हुनु रहेको उनले दाबी गरे।

‘प्राय हाम्रो  पार्टीपंतिहरुमा गुनासाहरू बढी सुन्ने गर्छु, अरूले  हामीलाई लगाइरहेको बात, आरोप त्यसैबाट  हामी चिन्तित हुने गर्छौँ, हामी त्यसको  प्रतिकार गर्दै गर्दैनौँ,मुखभरिको जवाफ दिने गर्दैनौँ, त्यो आत्मविश्वासको कमी पनि हो। हामीमा आत्मविश्वासको  कमी छ,  हामीमा डिफेन्सिभ मानसिकता छ,  डिफेन्सिभ मानसिकता बोकेको मान्छेले राजनीतिमा पहलकदमी लिन सक्दैन।’

भदौ ८, २०८१ आइतबार २०:१४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।