मलेसियाका लागि राजदूत सिफारिस तिम्सिना सरकारकै झगडिया, प्रशासनमा किर्तेको उजुरी विचाराधीन

मलेसियाका लागि राजदूत सिफारिस तिम्सिना सरकारकै झगडिया, प्रशासनमा किर्तेको उजुरी विचाराधीन

काठमाडौँ : सरकारले मलेसियाको लागि राजदूत पेस गरेको डा नेत्रप्रसाद तिम्सिना सरकारको झगडिया भएको खुलेको छ। मन्त्री परिषद्ले २०७६ साउन १२ मा डा तिम्सिना नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिको अध्यक्षमा नियुक्त भएका थिए।

उनको कार्यकाल समाप्त भएपछि सरकारले प्रा. सुदर्शन प्रसाद नेपालको अध्यक्षतामा केन्द्रीय तदर्थ समिति गठन गरेको थियो। उनी त्यस विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा गरेका थिए। उनको मुद्दा विचाराधीनै छ। तर यता सरकारले उनैलाई राजदूतमा सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिमा उजुरी समेत परेको छ।

उजुरीमा 'नेपाल सरकार विरुद्ध नै मुद्दा दायर गरेका व्यक्तिले मुद्दा विचारधिन रहेकै अवस्थामा सरकारको प्रतिनिधि भई विदेशी नियोगमा प्रतिनिधित्व गर्नु उचित देखिँदैन र निजलाई उच्च नैतिक चरित्रको व्यक्ति भन्न सक्ने अवस्था कसरी रहन्छ?' भनी प्रश्न उठाइएको छ।

डा तिम्सिनाले रेडक्रसको आफ्‌नो कार्यकाल समाप्त भएपछि पनि नेपाल रेडक्रस सोसाइटीको लेटर प्याड र छाप अनधिकृत रूपमा प्रयोग गरी विभिन्न निकायमा पत्राचार गरेको, विज्ञप्तिहरू निकालेको थप आरोप समेत लगाइएको छ। तिम्सिना विरुद्ध लेटर प्याड र छापको दुरुपयोग गरेकाले आवश्यक कानुनी कार्यवाहक निमित्त जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी समेत परेको थियो।

'किर्ते मुद्दा हाल प्रहरीको अनुसन्धानमा रही रहेको अवस्थामा मुद्दाका आरोपी डा. तिम्सिनालाई कुन उच्च नैतिक चरित्रको आधारमा राजदूत जस्तो संवेदनशील पदमा नियुक्ति गर्न मिल्छ ?' भनी उजुरीमा प्रश्न उठाइएको छ।

भदौ ८, २०८१ आइतबार १९:११:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।