नेपालबाट भारतमा बोलबम गएका यात्रु सवार बस बिहारमा दुर्घटना : २५ जना घाइते, ५ जनाको अवस्था गम्भीर

नेपालबाट भारतमा बोलबम गएका यात्रु सवार बस बिहारमा दुर्घटना : २५ जना घाइते, ५ जनाको अवस्था गम्भीर

काठमाडौं : नेपालबाट तीर्थयात्री लिएर गएको बस भारतको आज बिहान बिहारमा दुर्घटना भएको छ। 

ना७ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको बताइएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार बसमा ४३ यात्री सवार थिए। उनीहरू देवघरतर्फ गइरहेका थिए।

जागरण अनलाइनका अनुसार २५ जना घाइते भएका छन्दु भने घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ।

दुर्घटनामा घाइते भएकाहरूलाई बिहारको समस्तीपुरस्थित एक क्लिनिकमा भर्ना गरिएको छ। ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना भएको जनाइएको छ। 

यता, बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको पालिका अध्यक्ष अशोककुमार जैलसवालले बताए। 

उनीहरू जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ। 

भदौ ८, २०८१ आइतबार १४:०२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।