ड्युटीमा खटिएका सहायक हवल्दारको निधन

ड्युटीमा खटिएका सहायक हवल्दारको निधन

काठमाडौं : ड्युटी गर्दागर्दै अचानक बेहोस भएका मङ्गलबारे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हबल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ। 

सङ्खुवासभाको मादी नगरपालिका-२ मा ड्युटी गर्ने क्रममा बेहोस भएका निरौलालाई तेह्रथुमको वसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा शनिबार साँझ मृत घोषणा गरिएको थियो। 

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासि लडेर बेहोस भएका थिए। 

मृतकको शव परीक्षण आज धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानमा गरिनेछ। 

भदौ ८, २०८१ आइतबार १३:४२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।