सुनकोशीमा खसेको कार भेटियो : ३ जना यात्रु अझै बेपत्ता, हाम फालेर बाँचेका एकजनाको उपचार हुँदै

सुनकोशीमा खसेको कार भेटियो : ३ जना यात्रु अझै बेपत्ता, हाम फालेर बाँचेका एकजनाको उपचार हुँदै

काठमाडौं : शनिबार साँझ खोटाङबाट भक्तपुर गइरहेको हाइलेक्स सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ कुडुलेमा अनियन्त्रित भएर सुनकोशी नदीमा खसेको कर भेटिएको छ। 

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले उक्त कार नदी किनारमा निकालेको भएपनि बेपत्ता भएकाहरू अझै फेला परेका छैनन्।

बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार प्रणीत स्यागु  र बलाम घटुवा रहेका छन्। 

नदी धमिलो भएकाले खोजी तथा उद्धारमा समस्या भएपनि बेपत्ता भएका तीनै जनाको खोजी कार्य बिहानैदेखि तीब्र गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

सुनकोशीमा खसेलगत्तै १ जना भने पौडेर बाहिर निस्किएका छन्।

हाम फालेका भक्तपुर जगातीका २७ वर्षीय सुशान्त कक्षपतीको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख प्रहरी निरीक्षक एल्जिना राईले बताइन्।  

भदौ ८, २०८१ आइतबार १३:०४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।