एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्ने उद्योगमन्त्रीको दाबी

एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्ने उद्योगमन्त्रीको दाबी

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्ने दाबी गरेका छन्।  

आइतबार वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कृतिम अभावलगायतका मूल्य समायोजनाका वस्तुहरूमा प्रभाव परेकाले उपभोक्ता अदालत गठन गर्नुपर्ने बताए।

उनले भने, ‘अहिलेको उत्पादन कति छ? स्टक कति? उपभोक्ताहरूले त्यसको डाटा दिनुपर्ने छ। मन्त्रालयले डाटा ल्याउन चाँडै माग गर्नेछ। ड्यूटी घटाउन परेपनि घटाउँछौं, तर सरकारले आव्हान गरेका कार्यक्रममा चिनी उत्पादन संघलाई सरकार नै चाहिन्छ। त्यसैले आपूर्ति श्रृंखलामा रहेका समस्यालाई सम्बोधन गर्न सरकार तयार छ। अनुगमन गर्नकै लागि एक महिनाभित्र उपभोक्ता अदालत गठन हुनेछ।’

उनले उपभोक्ता श्रृङ्खलाको चुनौती राज्यको नियन्त्रणमा नरहेको उल्लेख गरे। 

मन्त्री भण्डारीले उत्पादनमुलक वस्तुहरू मुलुकमा उत्पादन गर्न नसकेको र खुला सीमाका कारण उपभोक्ता श्रृङ्खलाको चुनौती बढेको जिकिर गरे। 

भदौ ८, २०८१ आइतबार १२:०६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।