दशगजामा  स्थानीयले बाटो खन्न दिएनन्

दशगजामा  स्थानीयले बाटो खन्न दिएनन्

काठमाडौं : झापाको कचनकवल गाउँपालिका-१ घेराबारीस्थित नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयले अवरोध गरेका छन्।

गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल-१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिए। 

'दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौैँ। मान्छे नभएको बेला राति-राति बाटो खन्ने गरिएको रहेछ, उनले भने । 

यसअघि पनि पटक-पटक बाटो खन्न खोज्दा अवरोध गरिएको थियो। 

हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकिएको भन्दै वडाध्यक्षले थपे, 'हामीले खनिएको बाटो पुर्ने प्रयास गरेका छौं। तर, दिइएको छैन।'

कचनकवल-१ को वडा कार्यालयदेखि करिब चार सय मिटर बाटो दशगजामा खनिएको छ। 

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक खनिएपछि दुवै पक्षबीच विवाद भएको र विवाद बढेपछि काम बन्द गरेर छलफल भइरहेको बताए।  

भदौ ८, २०८१ आइतबार १०:३४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।