रामेछाप पहिरो अपडेट : ६ जनाको शव भेटियो, एकजनाको सकुशल उद्धार

रामेछाप पहिरो अपडेट : ६ जनाको शव भेटियो, एकजनाको सकुशल उद्धार

काठमाडौं : रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३, लेकखर्कमा पहिरोमा पुरिएर बेपत्ता भएका ६ जनाको शव भेटिएको छ। एकजना घाइते छन् भने केही बेपत्ता छन्। 

शनिबार राति वर्षापछि आएको पहिरोले चार घरमा क्षति गरेको छ। तीन घर पूर्ण रुपमा क्षति भएको छ भने एक घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा चण्डिका थापामगर र उनका २ वर्षका छोरा आयुस रहेका छन्। 

अञ्जना पहरीको भने सकुशल उद्धार गरिएको छ। 

मृतक अन्य ४ जनाको पहिचान खुल्न बाँकी रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन्। 

भदौ ८, २०८१ आइतबार ०९:५९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।