सडकको कल्भर्ट नजिक मृत भेटिए वडाध्यक्ष यादव

सडकको कल्भर्ट नजिक मृत भेटिए वडाध्यक्ष यादव

काठमाडौं : महोत्तरीको रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेश यादव मृत भेटिएका छन्।

बर्दिबास जलेश्वर सडकखण्डमा बर्दिबास-८ स्थित अकोण टोलमा आइतबार बिहान उनी मृत फेला परेका हुन्। 

घटनाको प्रकृति हेर्दा गएराति बर्दिबासबाट घरतर्फ फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तु जयसवारले बताए। 

सडकको कल्भर्ट नजिक भेटिएको उनको शव नजिकै लु.प्रदेश ०१-००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि भेटिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

भदौ ८, २०८१ आइतबार ०९:३१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।